Follow by Email

Saturday, March 10, 2012

मुक्तक - मनसँग मनको नाता

मनसँग मनको नाता टुटाईदियौ तिमीले
मुटु मुटु बिचको नाता छुटाईदियौ तिमीले
थोपा थोपा संगालेर बनाएथें आखैबिच
मायाको त्यो सुन्दर  तलाउ फुटाईदियौ तिमीले

धेरै भयो आ'को  छैन, के छ बा गाउँको खबर?
अस्तब्यस्त त्रास पिडा , यस्तै छ काठमान्डु शहर

जान्छु  भन्दै बर्सौं बित्यो, सानी कत्री भाइहोली?
 सानो त्यो गाउँको लागि, खुसि लाने थियो रहर

सामन्तले गाउँघरमा, अझै दुख दिन्छ होला
सुनेकोथें ठुले दाइले, पनि पिए अ'रे जहर

गाउँमा सधै उस्तै , दुख पिडा अभाव छ
चुनाव आउँदा पुग्दो होला, कैले काहीं खुसि लहर

तिम्रो लागि दौरा सुरुवाल, आमालाई ढाका चोली
बोकी आउंछु आर्को साल, एस्तै छ मनमा ठहर

Tuesday, February 28, 2012

घाऊ बिचै छुरी, चलाउनेलाई प्यार दिएँ
कोमल मेरो मुटु ,जलाउनेलाई प्यार दिएँ

पूर्व जान्छु भनि ढाँटी ,पश्चिम जाने कस्तो बानी
आखै सामु श्यामलाई ,छलाउनेलाई प्यार दिएँ

जिन्दगीको हरमोडमा , साथ दिने बाचा गरी
दोबाटोमा झुक्याएर , ढलाउनेलाई प्यार दिएँ

"राम्री छु" रे, मजस्ता त, सयौं सयौं फेर्छु भन्छे
फेद सुकी टुप्पो तिर, पलाउनेलाई प्यार दिएँ

Thursday, February 23, 2012

देश जलेको
सार्वजनिक गर्न
बाँकी रहेन !

Tuesday, February 21, 2012

मन्द मन्द मात बीच, किन आउँछौ तिमी ?
उदासिन यो मन भरी ,किन  छाउँछौ  तिमी ?


कति गरे प्रयास ति, भुलूं भन्ने खातिर
यो मुटुको मायामा चै, के नै पाउँछौ तिमी?

माया दिन नसक्नेले,  याद नपठाउ
यादै यादको माया मात्रै, किन लाउँछौ तिमी?

मर्न चाहे मर्न देउ, तड्पाई नराख
बिष मागें प्रेमाम्रित, किन ख्वाउँछौ तिमी?

Monday, February 13, 2012

भ्यालेनटाइन मै प्रपोज हान्नुपर्छ ठानें  मैले
दुई थुंगा रातो गुलाब उनकै लागि छानें  मैले

गुलाब मात्र के दिनु र ?, Love U त भन्नै पर्यो
I Love U को कार्ड पनि, गुलाब संगै  बानें मैले

I love U त सबै भन्छन , मन उनको जित्नलाई
Love U  संगै  I'll marry U,  त्यो पनि हानें मैले

मन भरि उत्साह र ,हातमा Gift बोकी
14th FEB. त, आफ्नै मात्रै  ठानें मैले

सबको हातमा गुलाब देखे, सुनें Love u  जताततै
मलाई मात्र होइन भ्यालेनटाइन,भन्ने पनि मानें मैले

Thursday, January 26, 2012

फर्कंछौकी भन्ने लाग्थ्यो,  तिमीले छाडी  खोली तर्दा
जिस्कीरहेझैँ  लाग्थ्यो, छाडी जाने कुरा गर्दा
गाठो परि राखेको छु  तिमीले  दे ' का चोटहरु
पराइ तिमीलाई कहाँ सम्झेर ? घाऊ बीच नुनचुक छर्दा